Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा दोहोरिए सुयोग श्रेष्ठ

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा दोहोरिए सुयोग श्रेष्ठ

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुयोग श्रेष्ठ पुनः नियुक्ति भएका छन् । बैंकको मिति २०७९ भाद्र ५ गते अपरान्ह ४ बजे बसेको संचालक समितिको २९८ औं वैठकले श्रेष्ठलाई पुनः नियुक्त गरेको हो ।

    बैंकले एक विज्ञप्ति जारी गरी भदौं १९ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि पुनः नियुक्ती गरिएको जनाएको छ ।



    श्रेष्ठलाई यसअघि बैंकको मिति २०७५/०५/०८ गते बसेको संचालक समितिको २१४ औं बैठकले सिइओमा नियुुक्त गर्ने निर्णय गरेको थियो । संखुुवासभा जिल्लाको चैनपुुरमा जन्मिएका श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयां दिल्लीबाट चार्टर्ड एकाउन्टेन्ट उर्तिण गरेका छन् ।



    सन् २००० मा हिमालयन बैंक लिमिटेडबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा Internal Audit Department Head सम्मको जिम्मेवारी सम्हालेका थिए भने सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा सहायक प्रबन्धक हुुदैं प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरि सकेका छन् ।

    त्यसपश्चात सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्य गरेका श्रेष्ठ सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुँदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरि सकेका छन् ।

    यसरी बिभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूूर्ण पदमा रही लामो बैंकिङ अनुुभव हासिल गरेका श्रेष्ठको नयाँ नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंक लिमिटेडलाई थप सफलता तथा उचाई प्रदान हुुने संचालक समितिले विश्वास लिईएको छ ।

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार