Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सांग्रिलाको नाफा शत प्रतिशत बढ्यो, इपीएसमा उल्लेख्य सुधार

    सांग्रिलाको नाफा शत प्रतिशत बढ्यो, इपीएसमा उल्लेख्य सुधार

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७७-७८ चौथो त्रैमाससम्म खूद नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खूद नाफा ११८.१८ प्रतिशतले बढाउने सफलता पाएको हो ।

    अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म १९ करोड १० लाख रुपैयाँमा सीमित नाफा बढेर यो वर्ष ४१ करोड ६९ लाख रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यही अवधिसम्म २६ करोड ७७ लाख रहेको संचालन मुनाफामा समेत उत्साहजनक वृद्धि भई ५६ करोड १ लाख पुगेको छ।



    कोभिड कहरमै पनि व्यवसाय वृद्धि भएका कारण खूद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब १९ करोड ७९ लाख पुगेको हो।



    बैंकले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्ब ७३ करोड चूक्तापुँजी रहेको बैंकको वितरणयोग्य मुनाफा २८ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा सांग्रीला बैंकले ४२ अर्ब ८४ करोड बढी निक्षेप संकलन गरी ३६ अर्ब २३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ४६.४८ र ५१.८४ प्रतिशतको बढोत्तरी भएको हो ।

    अघिल्लो वर्ष १५ करोड ३४ लाखमा सीमित रिटेन अर्निङ बढेर यो वर्ष ३० करोड ४६ लाखको उचाईमा पुगेको छ भने ५४ करोड ५९ लाखमा सीमित रिजर्बको आकार बढेर ६७ करोड ५२ लाख पुगेको छ ।

    बैंकले नाफामा उल्लेख्य प्रगति गरेसँगै प्रतिसेयर आम्दानी(इपीएस) समेत ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म रु. ७.३३ मात्र रहेको इपीएस बढेर यो वर्ष रु.१५.२३ पुगेको हो ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, कस्ट अफ फण्ड ५.९६ प्रतिशत, आधार दर ८.५४ प्रतिशत रहेको छ । असार मसान्तको प्रतिसेयर नेटवर्थ रु. १३५.८१, पीई अनुपात २७.८३ गुणा र क्यापिटल एडेक्वेसी रेसियो ११.८६ प्रतिशत रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार