Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सांग्रिला बैंक र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबीच सम्झौता

    सांग्रिला बैंक र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबीच सम्झौता

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड बिच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

    पुतलीसडक स्थित सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यालयमा एक कार्यक्रमकाबीच सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।



    यो सँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९६ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार