Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सांग्रिला डेभलपमेन्ट बैकद्धारा डिजीटल बैंकिङको महत्व विषयक कार्यक्रम सम्पन्न 

    सांग्रिला डेभलपमेन्ट बैकद्धारा डिजीटल बैंकिङको महत्व विषयक कार्यक्रम सम्पन्न 

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.6K
    SHARES

    धादिङ। सांग्रिला डेभलपमेन्ट बैकको मलेखु शाखाले डिजीटल बैंकिङको महत्व विषयक कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैक मलेखु शाखाका प्रमुख गौरब काफ्लेले पहिले पहिले जस्तो अहिले लामो समयसम्म लाइन बस्नु नपर्ने, एटिएम मोबाइल बैंकिङको प्रयोगबाट धेरै समयको बचत ,पारदर्शी कारोबार र न्युन जोखिम रहने  कुरामा जोड दिएका थिए ।

    काफ्लेले कोरोना महामारी (कोभिड १९) रोकथाम एबम नियन्त्रणका लागि लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डिजीटल बैंकिङ कारोबार गर्नेका संख्यामा बृद्दि भएको  तर अझै प्रविधीको ज्ञानको अभावले प्रभावकारिता आउन भने नसकेको उल्लेख गरे ।



    उनले बैंक खाता खोल्न, खातामा पैसा पठाउन, विभीन्न महशुल भुक्तानी , रिर्चाज लगायतका बैंकिङ सेवाहरु अहिले घरमै बसेर गर्न सकिने जानकारी पनि दिए । हाल नेपाल राष्ट्र बैकको नीति अनुसार क्यासलेस कारोबारमा एकै चोटी फड्कोे मार्न नसके पनि लेस क्यास अर्थात कम नगद प्रयोगतर्फ आफ्ना ग्राहकलाई आकर्षण गरि विधुतीय भुक्तानी कारोबारलाई सांग्रिला डेभलपमेन्ट बैंकले गहन रुपमा लिएको कुरामा समेत दुइमत नभएको उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथी प्रहरी उपरिक्षक महेन्द्र खड्काले डिजीटल बैंकिङको महत्व बढिरहेको बर्तमान समयमा यस कार्यक्रमले थप महत्वपुर्ण भुमिका खेलेको कुरा बताउदै नगदरहित कारोबारका लागि सबैलाई आग्रह समेत गरे ।



    उनले सांग्रिला डेभलपमेन्ट बैंकले नाफा मात्रै नहेरी धेरै सामाजिक उत्तरदायित्वको काम गरेर सबैको मनमा बस्न सफल भएकोमा बधाई दिए । खड्काले आफ्नो मातहतका कर्मचारीहरुलाई स्र्माट मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम.,फोन पे, डेबिट कार्ड, क्रेडिट कार्ड, रेमिटान्स,अन्तर बैक विधुतीय भुक्तानी प्रणालीको महत्व तथा सुबिधा साथै समग्रमा डिजीटल बैंकिङको महत्वका बारेमा जानकारी दिइएकोमा मलेखु शाखाका शाखा प्रमुख गौरब काफ्ले र बैंकलाई विशेष धन्यवाद दिए ।

    कार्यक्रममा काफ्लेले मलेखु शाखाले मात्रै नभई सांग्रिला डेभलपमेन्ट बैंकको देशै भरिका ९६ ओटा शाखा कार्यालयहरुबाट यस किसिमको कार्यक्रम गर्दै वित्तिय सचेतना, विधुतीय भुक्तानी प्रणालीको महत्व,फाइदाका बारेमा जानकारी दिदै विधुतीय भुक्तानी गर्न तर्फ प्रोत्साहन गरेको कुरा उल्लेख गरे ।

    केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङको सभाहलमा धादिङ प्रहरी प्रमुख एसपी महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्नन भएको हो।

    कार्यक्रममा विशीष्ट अतिथीमा प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारी, अतिथीहरुमा प्रहरी निरिक्षक रमेश थापा लगायतको उपस्तिथीमा सामाजिक दुरी कायम गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य मलेखुकै कर्मचारी सिमान्त ढुङ्गानाले गरेका थिए ।  शाखा कार्यालय गल्छी धादिङका शाखा प्रमुख कमलराज शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार