Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • उपत्यकाको सुरक्षाका लागि २५ हजार सीसीटीभी आवश्यक छ : आइजीपी सिंह

    उपत्यकाको सुरक्षाका लागि २५ हजार सीसीटीभी आवश्यक छ : आइजीपी सिंह

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । उपत्यकाको सुरक्षाका लागि २५ हजार सीसीटीभी आवश्यक परेको प्रहरीले बताएको छ ।

    उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक आइजीपी धीरजप्रताप सिंहले यस्तो बताएका हुन् ।



    उनले उपत्यकाको सुरक्षाका लागि २५ हजार सीसीटीभी आवश्यक पर्ने भएकाले उपलब्ध गराउन काठमाडौं महानरपालिका र सरकारसँग आग्रह गरे।



    आईजीपी सिंहले गोष्ठीमा भने, ‘देशको मुटु काठमाडौं उपत्यका हो, यसका लागि २५ हजार सीसीटीभीको आवश्यकता छ । यहाँहरूले उपलब्ध गराइदिन पर्‍यो।’

    उपत्यकाका हुने अपराध र त्यसको नियन्त्रणले देशभरको अपराध र अनुसन्धानको ऐना देखाउने भएकाले त्यसलाई प्रविधियुक्त बनाउनका लागि सीसीटीभीको व्यवस्था गर्नुपर्ने आईजीपी सिंहले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार