Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चार महिनापछि काठमाडौंको फोहोर व्यवस्थापन

    चार महिनापछि काठमाडौंको फोहोर व्यवस्थापन

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 774
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ ।

    काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गरे । वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो ।



    उनले भने, “विभिन्न कारणवश थुप्रिएको फोहोर सङ्कलन गरी बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ । फोहोरको दुर्गन्धका कारण हिँड्नै नसक्ने सडकपेटी, चोक र गल्ली सफा भएका छन् ।” भदौ पहिलो साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बन्चरेडाँडाका बासिन्दाबीच भएको चारबुँदे सहमतिपछि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो ।



    काठमाडौं महानगर प्रमुख बालेन्द्र साहका सचिवालय सदस्य सुनिल लम्सालले थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएसँगै समयमा फोहोर व्यवस्थापन नगर्ने कम्पनी र सडक, चोक र गल्लीमा फोहोर फ्याँक्ने घरधनीलाई कारबाही गरिने बताए ।

    उनले फोहोर व्यवस्थापनको जिम्मा लिएका कम्पनीलाई २५ हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना गरिने बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार