Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • करेन्ट लागेर विद्युत प्राधिकरणका प्राविधिकको मृत्यु

    करेन्ट लागेर विद्युत प्राधिकरणका प्राविधिकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    खोटाङ । करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ ।

    विगत आठ र नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।



    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छापगाउँमा विद्युत मर्मतपछि भर्‍याङ ठड्याएर हिँड्नेक्रममा भर्‍याङले ११ केभी प्रशारण लाईनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।



    शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार