Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘लाइनमा बस्नुस्’ भन्दा सुरक्षागार्डलाई थुनाउने मन्त्री जीवनरामले गृह मन्त्रालयसँग मागे थप सुरक्षा

    ‘लाइनमा बस्नुस्’ भन्दा सुरक्षागार्डलाई थुनाउने मन्त्री जीवनरामले गृह मन्त्रालयसँग मागे थप सुरक्षा

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले गृह मन्त्रालयसँग थप सुरक्षा माग गरेका छन्। ‘थ्रेट’ भएको भन्दै उनले थप सुरक्षा माग गरेको गृहका एक अधिकारीले बताए।

    उनकाअनुसार मन्त्री श्रेष्ठले आइतबार नै गृहमा सम्पर्क गरी सुरक्षा माग गरेका हुन्। शुक्रबार मन्त्री श्रेष्ठ व्यक्तिगत कामका लागि ठमेलस्थित छायाँ सेन्टर पुगेका थिए।



    त्यहाँ उनीभन्दा अगाडि थुप्रै सेवाग्राही भए पनि उनले आफू मन्त्री भएको भन्दै लाइन मिच्न खोजेका थिए। तर सुरक्षागार्ड शेरजंग गुरुङले ‘मन्त्री भए पनि लाइनमा बस्नुस्’ भनेर आग्रह गरेका थिए।



    लाइनमा बस्नुस् भनेर आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले गृहमा पत्र पठाएका थिए। गृहको पत्र प्रहरी प्रधान कार्यालय काठमाडौं उपत्यकामा, उपत्यका प्रहरी कार्यालय काठमाडौं प्रहरी परिसर हुँदै प्रहरी वृत्त दरबारमार्गमा पुगेको थियो।

    गृहको आदेशपछि गुरुङलाई दरबार्गमार्ग प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार