Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काबुलस्थित रुसी दूतावासमा बम विष्फोट हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

    काबुलस्थित रुसी दूतावासमा बम विष्फोट हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार भएको आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कर्मचारी र कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको छ ।

    आक्रमणकारी आफैँले विष्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्ने स्पष्ट हुन सकेको छैन। मृत्यु हुनेको सङ्ख्या अझै बढी हुने अनुमान गरिएको छ भने ८ देखि १० जना घाइते भएको बताइएको छ।



    रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि उम्मेदवारको नाम लिन दूतावासबाहिर पर्खिरहेका मानिसहरूसामु बाहिर निस्केपछि विस्फोट भएको थियो ।



    मस्कोको विदेश मन्त्रालयलाई उद्धृत गर्दै एजेन्सीले दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको जनाएको छ । काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जादरानले कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको र अन्य १० जना घाइते भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार