Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरियामा कोरोना सङ्क्रमण घटेन, झण्डै १ लाख सङ्क्रमित थपिए

    कोरियामा कोरोना सङ्क्रमण घटेन, झण्डै १ लाख सङ्क्रमित थपिए

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 645
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण नघटेको पाइएको छ ।

    पछिल्लो पटक सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।



    हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख छ हजार चार सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।



    पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण दक्षिण कोरियामा ४३ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार एक सय ९३ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार