Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सिरियामा भवन भत्किँदा तीन बालबालिकासहित दशको मृत्यु

    सिरियामा भवन भत्किँदा तीन बालबालिकासहित दशको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 933
    SHARES

    एजेन्सी । सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको छ।

    अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको हो।



    एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनापछि अधिकारीहरूले नजिकका भवनहरू खाली गर्न लगाइएको बताइएको छ। भत्किएको भवन गैर कानूनी तरिकाबाट निर्माण भएको थियो।



    सिरियामा वर्षौदेखि जारी युद्धका कारण एलेप्पो सहर ध्वस्त भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार