Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ७१ जनामा संक्रमण, दुईको मृत्यु

    डेंगु नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य कार्यालय कैलालीको सक्रियता, कसरी बच्ने ?

    डेंगु नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य कार्यालय कैलालीको सक्रियता, कसरी बच्ने ?

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 1.1K
    SHARES

    कैलाली । महामारीको रूपमा फैलिरहेको डेंगुको संक्रमण नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय कैलाली सक्रियता देखाएको छ । डेंगु जोखिम दैनिक बढ्दै गएपछि स्वास्थ्य कार्यालयले विशेष सक्रियता अपनाएको हो ।

    सो कार्यालयले शनिबार डेंगु रोकथाम तथा न्यूनीकरणका लागि पत्रकारसँग अन्तरक्रिया तथा छलफल गरेको छ । सङ्क्रमित लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगबाट बच्न घर वरिपरि सरसफाइ गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।



    स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले डेंगु रोगबाट बच्न सबैलाई आफ्नो घर वरिपरि सरसफाइ गर्न आग्रह गरेका छन् । उनले पानी जम्ने ठाउँमा लामखुट्टेको उत्पादन हुने गरेकाले त्यस्ता ठाउँको पानी सुकाउन वा बेला–बेला मट्टितेल/डिजेल छर्कनसमेत अनुरोध गरे ।



    बट्टा, ट्याङ्की, ड्रम, प्लाष्टिक, टायर जस्ता ठाउँमा नियमित एक हप्ता पानी जमेमा डेंगु रोग सार्ने लामखुट्टेको वृद्धि हुने स्वास्थ्य कार्यालयका प्रमुख धामीको भनाई छ । एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले सुरक्षित रहन उनले आग्रह गरे ।

    जमेको पानीमा एडिस जातको लामखुट्टे बस्ने र दिनमा मात्रै यसले संक्रमण फैलाउने भएकाले सुरक्षित रहन उनले बताए । डेंगुको संक्रमण भएमा पाँचदेखि सात दिनसम्म शरीर, टाउको तथा पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्ने जस्ता साधारण लक्षण देखापर्ने उनको भनाई छ ।

    यसैगरी खटिरा आउने, रक्तश्राव हुने, बान्ता हुने, शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने तथा रक्तचाप निकै कम हुने हुन्छ।

    सामान्य उपचारपछि बिरामी निको हुने भएपनि बेलैमा उपचार नगरेमा ज्यानै जान सक्ने भएकाले स्वास्थ्य कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै लामखुट्टेको वासस्थान खोजेर त्यसको नष्ट गर्ने अभियानसमेत भइरहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले जानकारी दिए ।

    केही महिना अगाडि कैलालीको लम्कीमा डेंगुका विरामी धेरै बढेको थियो । तर अहिले धनगढीमा पनि बिरामी बढ्दै गएको उनले बताए । कैलालीमा गतवर्ष १५६ जनामा डेंगु रोग लागेको थियो । यसवर्ष साउन महिनासम्म ७१ जनामा डेंगु रोग लागेको पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्कले देखाएको छ ।

    यसैगरी कैलालीमा संक्रमणका कारण दुई जनाले ज्यान गुमाइसकेका छन् । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिका र धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको मृत्यु भएको बताइएको छ ।

    लक्षण

    • संक्रमणकाल तीन दिनदेखि १० दिनसम्म
    • १०२ देखि १०३ डिग्री फरेनहाइटसम्म ज्वरो आउने
    • टाउको दुख्ने , पेट दुख्ने
    • वाकवाकी लाग्ने
    • आँखाको गेडी दुख्ने
    • जीउ, जोर्नी दुख्ने
    • रातोरातो बिमिराहरु देखा पर्नु
    • सामान्यतस् ज्वरो आएको ३-५ दिन पछि

    उपचार

    • लाक्षणिक उपचार
    • सिटामोल चक्की सूरक्षित औषधी हो ।
    • बू्रफेन तथा एस्पिरिन लगायतका औषधिहरु दिन मिल्दैन ।
    • आई.भि. फलूईड आवश्यक हुन्छ तर शरीरमा फलूइड ओभरलोड भएर विरामीको ज्यान जान सक्छ

    रोकथामका उपायहरू

    • पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।
    • पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ।
    • कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
    • फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ ।
    • एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनुपर्छ ।
    • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छस साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।
    • घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
    • घर वरिपरि सफा सुग्घर राख्ने पानी जम्ने खाल्टाखुल्टी पुर्नुपर्दछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार