Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विद्यालय हिँडेका तीनजना विद्यार्थी शुक्रबारदेखि सम्पर्कविहीन

    विद्यालय हिँडेका तीनजना विद्यार्थी शुक्रबारदेखि सम्पर्कविहीन

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 978
    SHARES

    बुटवल । रुपन्देहीको बुटवलमा तीन विद्यार्थी शुक्रबारदेखि सम्पर्कविहीन भएका छन् ।

    घरबाट विद्यालय जान हिँडेका बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका हुन् ।



    उनीहरु विद्यालयमा हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
    नवीन औद्योगिक मावि कक्षा–९ मा पढ्ने दुई र नहरपुर मावि कक्षा–८ मा अध्ययनरत एकजना सँगै घरबाट निस्केको र सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।



    झोला बोकेर विद्यालय गए पनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको सागरका मामा राजु पन्थीले जानकारी दिए ।

    परिवारका अनुसार बेपत्तामध्ये समीरले शनिबार दिउँसो करिब २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञातस्थलमा राखिएको जानकारी गराएका छन् ।

    उनले आफूहरूलाई अचेत बनाएर ल्याएको र २ बजे मात्र होस खुलेको म्यासेजमा लेखे पनि त्यसपछि कुनै सम्पर्क भएको छैन । परिवारको निवेदनानुसार सबैतिर खोजबिन गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार