Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुर्खेतका व्यवसायी भद्र भण्डारी होटलमा गाडी र मोबाइल छाडेर सम्पर्कविहीन

    सुर्खेतका व्यवसायी भद्र भण्डारी होटलमा गाडी र मोबाइल छाडेर सम्पर्कविहीन

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।

    न्यू बुलबुले अटो सेल्सका सञ्चालकसमेत रहेका भण्डारीले प्रयोग गर्दै आएको बा १८ च ९८७५ नम्बरको गाडी भने ईलाका प्रहरी कार्यालय कर्णाली चिसापानीको नियन्त्रणमा छ ।



    भण्डारीले प्रयोग गर्दै आएको उक्त गाडी बिहीबार कर्णाली चिसापानीस्थित सिद्वार्थ होटेलमा बेबारिसे अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । गाडीमा मोवाइल, गाडीको चाबीलगायतका सामानहरू भेटिएका छन् ।



    जेठ २२ गते टीकापुर गएर बसेको र २३ गतेदेखि सम्पर्कविहीन भएका भण्डारी सम्पर्कविहीन हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार