Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

    कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 630
    SHARES

    कालिकोट । कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन्।

    आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका उनीहरू अहिलेसम्म सम्पर्कविहीन भएका हुन् ।



    स्थानीय हेमराज शाहीको मृत्यु भएपछि शव घाटमा लिएर गएका मलामीहरू सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।



    सो क्षेत्रमा पहिरो गएको र मलामीहरू पनि पहिरोमा परेको हुनसक्ने प्रहरीको अनुमान छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार