Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्कूलबाट घर फर्कने बेला सम्पर्कविहीन भएका बालबालिका थानकोटमा भेटिए

    स्कूलबाट घर फर्कने बेला सम्पर्कविहीन भएका बालबालिका थानकोटमा भेटिए

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौंको भोटेबहालस्थित एक निजी स्कूलबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएका बालिकाहरु थानकोटमा भेटिएका छन् । काठमाडौं महानगरपालिका–२३ भोटेबहाल लगनस्थित ईपीएस बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत नाबालिका दीपिका श्रेष्‍ठ र श्रीलेखा सामन्त शुक्रबार सम्पर्कविहीन भएका थिए ।

    स्कूलबाट बाहिरिए पनि घर पुगेपछि परिवारले शुक्रबार साँझ ५ः२० बजेतिर प्रहरीलाई खबर गरेका थिए । दुई जना बालिका हराएको खबरपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट तत्काल प्रहरी टोली परिचालन भएको थियो।



    साथै, महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट उपत्यकाका सबै प्रहरी युनिटलाई बालिकाहरुको तस्बिर सम्प्रेषण गरी सबै नाकामा कडा चेकजाँच गर्न निर्देशन जारी भएको थियो।



    खोजीका क्रममा दुई बालिका थानकोटबाट चन्द्रागिरी जाने बाटोमा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बालिकाको खोजीका लागि महानगरीय प्रहरी वृत्त थानकोटबाट परिचालन भएको प्रहरी टोलीले शुक्रबार राति ८ बजेको समयमा थानकोटबाट चन्द्रागिरी जाने बाटोमा दुई बालिका फेला पारेको थियो ।

    उनीहरु दुवै जनालाई शुक्रबार राति नै अभिभावकहरुको जिम्मा लगाइएको छ । बालिकाहरु बेपत्ता भएको घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार