Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

    सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 726
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । हिजो शनिबारको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी छलफल हुने बताइएको छ ।



    आसन्न निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरु सहमतिको धेरै नजिक पुगिसकेको जानकारी दिएका छन् ।



    यसअघि, आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको भनिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार