Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दुई करोड ५० लाख अफगानी गरिबीको रेखामुनि

    दुई करोड ५० लाख अफगानी गरिबीको रेखामुनि

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 759
    SHARES

    एजेन्सी । मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ ।

    अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ ।



    उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको बताएको छ ।



    अफगानिस्तानको ओसीएचएले ट्विटरमा भनेको छ, “अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा छन् । एक करोड ९० लाख मानिस खाद्य असुरक्षाको चपेटामा छन् । दुई करोड ५० लाख मानिस गरिबीमा बाँचिरहेका छन् ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार