Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा सुदूरपश्चिम प्रदेशको पहिलो जित

    नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा सुदूरपश्चिम प्रदेशको पहिलो जित

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।  आइतबार प्रदेश नम्बर १ लाई १३ रनले पराजित गर्दै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ७ विकेट गुमाएर मात्र १३१ रन बनायो । प्रदेश १ लागि दिपेश कँडेलले अविजित सर्वाधिक ३४ रनको योगदान गरे ।



    सुदूरपश्चिम प्रदेशका मिलन बोहोराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो ।



    सुदूरपश्चिमका लागि बसन्त खत्रीले ५३ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै मिलन बोहोराले ४४ रन बनाए । प्रदेश १ का लागि कप्तान फिर्दोस अन्सारीले ३ विकेट लिए ।

    जितसँगै सुदूरपश्चिमको टोलीले ३ खेलमा ४ अंक जोडेको छ । प्रदेश १ ले ३ खेलबाट २ अंक जोडेको छ । यस समूह ‘बी’ मा एनआरएनए ५ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार