Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नवौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीद्वारा गण्डकी ८ रनले पराजित

    नवौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीद्वारा गण्डकी ८ रनले पराजित

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 714
    SHARES

    काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा बुधबार कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई आठ रनले पराजित गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनायो । वर्षाले प्रभावित खेललाई २० बाट १३ ओभरमा घटाइएको थियो ।



    गण्डकीका सन्दीप क्षेत्रीले सर्वाधिक ४९ रन बनाए । यस्तै, अनिल गुरुङले १४ रन बनाए । कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको गण्डकीले निर्धारित १३ ओभरमा सात विकेट गुमाएर ९३ रनको बनाएको थियो ।



    गण्डकीका प्रकाश जैसीले सर्वाधिक १९ रन बनाए । विपिन रावत र सुवास एयरले समान १३ रनको योगदान गरे । समूह ‘ए’ मा रहेको कर्णालीले समूह चरणका सबै पाँचबाट ६ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार