Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नवौं राष्ट्रिय खेलकुद : खेल नभएपछि आर्मी फाइनलमा

    नवौं राष्ट्रिय खेलकुद : खेल नभएपछि आर्मी फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 834
    SHARES

    काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

    आर्मी र सुदूरपश्चिमबीच बिहीबार तय भएको पहिलो सेमिफाइनल खेल टस नै नभई रद्द भएपछि समूह विजेता बनेको आधारमा आर्मी फाइनल पुगेको हो ।



    आर्मी समूह ए को विजेता र सुदूरपश्चिम समूह वि को उपविजेताको रुपमा फाइनल पुगेको थियो ।



    यदि सेमिफाइनल खेल हुन नसकेको अवस्थामा समूह विजेता बनेको टोली नै फाइनल पुग्ने प्रावधान छ ।

    बुधबार रातिको वर्षाका कारण मैदान भिजेको आर्मी र सुदूरपश्चिमबीचको खेल हुन नसकेको हो ।

    आर्मीले अब उपाधिका लागि नेपाल पुलिस क्लब र एनआरएनए एकेडेमीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । पुलिस र एनआरएनएबीच बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ ।

    नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आउँदो असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने नेपाल क्रिकेट संघ (क्यान)ले अयोजना गर्ने नेपाल ट्वान्टी–२० अगाडि नै आयोजना गरिएको हो । यद्यपि, क्यानले बुधबार राति मात्र ट्वान्टी–२० खेल डिसेम्बरमा गर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार