Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

    नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 1.2K
    SHARES

    पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ ।

    प्रतियोगिताको स्थानीय आयोजक गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय प्रतियोगिता गरी सहभागिता जनाउने ३६ वटै खेलका खेलाडी छनोट सम्पन्न गरेको छ ।



    गण्डकी प्रदेशले गत भदौ १६ देखि १८ सम्म प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर खेलाडी छनौट सम्पन्न गरेको हो ।



    गण्डकी प्रदेशबाट सात सय नौ खेलाडीले प्रतियोगितामा सहभागी हुनेछन् । चार सय चार इभेन्टमा चार सय ११ पुरुष र दुई सय ९८ महिला खेलाडीको सहभागिता रहने परिषद्ले जनाएको छ ।

    सबै खेलका अन्तिम टोलीमा पर्न सफल खेलाडीलाई आगामी असोज १ देखि प्रशिक्षणमा राखिने गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताए । उनका अनुसार पहिलो दुई साता विशेष प्रशिक्षण र त्यसपछिका दिनमा बन्द प्रशिक्षण खेलाडीका लागि सञ्चालन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार