Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्ट्राइकर सावित्राले श्रीलंकाविरुद्धको खेल गुमाउने

    स्ट्राइकर सावित्राले श्रीलंकाविरुद्धको खेल गुमाउने

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 936
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ ।

    साफ च्याम्पियनसीप खेल्ने राष्ट्रिय टोलीमा रहेकी उनी अस्वस्थ्य भएपछि गरिएको स्वास्थ्य परीक्षणमा डेंगु पुष्टि भएको हो ।



    प्रशिक्षक कुमार थापाका अनुसार आजको खेल (श्रीलंकाविरुद्ध) गुमाउने उनले निको नभए बाँकी खेल पनि गुमाउने छिन् ।



    पहिलो खेलमा भुटानलाई हराएको नेपालले समुह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्ने छ ।

    बेलुकी ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन यो खेल ३ गोलभन्दा कमको अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने छ ।

    सावित्राले भुटानविरुद्ध भएको पहिलो खेलमा नेपालका लागि २ गोल गरेकी थिइन् । उक्त खेल नेपाल ४-० ले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार