Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • त्रिवि अन्तर्गतका १३ वटा कार्यालयद्वारा ताला खोल्न आग्रह

    त्रिवि अन्तर्गतका १३ वटा कार्यालयद्वारा ताला खोल्न आग्रह

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 906
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयलगायत विभिन्न प्रशासन कार्यालयमा लगाइएको ताला खोल्न आग्रह गरिएको छ।

    त्रिवि मातहतका आर्थिक प्रशासन, सामान्य प्रशासन, केन्द्रीय पुस्तकालयलगायतका विभिन्न १३ वटा कार्यालयले तालाबन्दी खोल्न आग्रह गरेका हुन्।



    नेपाल विद्यार्थी संघले त्रिविमा विभिन्न माग राखेर केन्द्रीय कार्यालयलगायत विभिन्न विभाग र डीन कार्यालयहरुमा तालाबन्दी गरेको छ।



    तालाबन्दीका कारण त्रिविमा शिक्षक, कर्मचारीहरुको असार मसान्तदेखिको तलब भत्ता रोकिनुका साथै आर्थिक प्रशासनिक काममा बाधा पुगेका कारण तालाबन्दी खोल्न आग्रह गरिएको हो। दशैँ तिहार जस्तो महान चाडबाड नजिकिँदै गर्दा कर्मचारीहरुले तलब नपाएको भन्दै विज्ञप्तिमार्फत ताला खोल्न आग्रह गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार