Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आजबाट सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्यो, कतिसम्म दिने आवेदन ?

    आजबाट सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्यो, कतिसम्म दिने आवेदन ?

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 741
    SHARES

    फाइल फोटो

    काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर आजदेखि बिक्री खुला गरेको कम्पनीले जनाएको छ ।

    कुल सेयरमध्ये ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।



    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिने जानकारी दिइएको छ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ ।



    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड छ । लगानीकर्ताले आईपीओमा मेरो सेयर एप र वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

    यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार