Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सबैलाई चकित पार्दै यी महिलाले एकैपटक जन्माइन छ सन्तान

    सबैलाई चकित पार्दै यी महिलाले एकैपटक जन्माइन छ सन्तान

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 837
    SHARES

    सांकेतिक तस्विर

    एजेन्सी । पाकिस्तानको कराँचीमा एक महिलाले ६ जना बच्चा जन्माएकी छन् । जसमा ४ जना छोरा र २ छोरी छन् । तर, जन्मिएलगत्तै एक छोरीको निधन भएको आजतकले जनाएको छ ।

    कराँचीको कालापुलमा बस्ने हिना जाहिदले जिन्ना पोस्ट ग्रेजुएट मेडिकल सेन्टरमा छ बच्चाहरुलाई जन्म दिएकी हुन् । सबै बच्चाहरु विना शल्यक्रिया जन्मिएको चिकित्सकहरुले बताएका छन् । बाँच पाँच बालबालिकाहरु सामान्य र पूर्ण रुपमा स्वस्थ रहेको चिकित्सकहरुले बताएका छन् ।



    जिन्ना पोस्ट ग्रेजुएट मेडिकल सेन्टरका निर्देशकका अनुसार जन्मिएका ६ सन्तानमध्ये छोरी जन्मिनेबित्तिकै मृत्यु भएको छ ।



    अहिले ५ बालबालिकामध्ये ४ केटा र १ केटी छन् । सास फेर्न गाह्रो भएपछि सबै बालबालिकालाई राष्ट्रिय बाल स्वास्थ्य प्रतिष्ठानमा सारिएको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार