Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ताइवानको प्रतिरक्षालाई समर्थन गर्ने अमेरिकी सिनेटको विधेयकप्रति चीनद्धारा विरोध

    ताइवानको प्रतिरक्षालाई समर्थन गर्ने अमेरिकी सिनेटको विधेयकप्रति चीनद्धारा विरोध

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 939
    SHARES

    एजेन्सी । ताइवानको प्रतिरक्षालाई समर्थन गर्ने अमेरिकी सिनेटको विधेयकप्रति चीनले विरोध जनाएको छ ।

    अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिले ताइवान टापुका लागि अमेरिकी रक्षा सहयोग बढाउन सक्ने नयाँ विधेयक पारित गरेपछि चीनको विदेश मन्त्रालयले अमेरिकाले एक चीन सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धताको उल्लङ्घन गरेको र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको हो ।



    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा पत्रकारहरूसँग भने, ‘चीनले वाशिङ्टनसमक्ष यस कानुनको बारेमा ‘गम्भीर चासो’ व्यक्त गरेको छ । यद्यपि यो कानुन बन्न अमेरिकी सदन र राष्ट्रपति जो बाइडनको अनुमोदन आवश्यक छ ।



    ‘एक चीन सिद्धान्त चीन–अमेरिका सम्बन्धको राजनीतिक जग हो’,उनले भने,‘यदि विधेयकमाथि छलफल भइ अगाडि बढाइयो वा कानुनमा हस्ताक्षर गरियो भने यसले चीन–अमेरिकाको राजनीतिक जगलाई ठूलो धक्का दिनेछ । चीन–अमेरिका सम्बन्धका लागि अत्यन्त गम्भीर परिणामहरूको कारण ताइवान स्ट्रेटसँगको सम्बन्ध, शान्ति र स्थिरतामा समस्या हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार