Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टेनिसका महान् खेलाडी फेडेररले लिए सन्यास

    टेनिसका महान् खेलाडी फेडेररले लिए सन्यास

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 702
    SHARES

    एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेररले टेनिस खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

    फेडेररले बिहीवार यसै महिना लण्डनममा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् ।



    ‘मेरो शरीरले मलाई हालै स्पष्ट सन्देश दिएको छ । मैले २४ वर्षमा १५०० भन्दा बढी खेल खेलेको छु । अब मैले मेरो प्रतिस्पर्धी करियरको अन्त्य गर्ने समय हो भनेर बुझ्नुपर्छ,’फेडेररले भनेका छन्,’टेनिस म तिमीलाई माया गर्छु र तिमीलाई कहिल्यै छोड्ने छैन।’



    ४१ वर्षीय फेडेरर टेनिसको सर्वकालीन महान खेलाडी मध्ये एक हुन् । २० पटकको ग्रान्डस्लाम च्याम्पियन पछिल्लो समय घुँडाको चोटबाट पीडित थिए । फेडेरर सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार