Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एन्डी मुरे विम्बल्डन टेनिसको तेस्रो चरणमा

    एन्डी मुरे विम्बल्डन टेनिसको तेस्रो चरणमा

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । बेलायती एन्डी मुरे विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

    बुधबार राति भएको खेलमा जर्मन क्वालिफायर अस्कर ओटेलाई पराजित गर्दै मुरे तेस्रो चरणमा प्रवेश गरेका हुन् ।



    पहिलोपटक विम्बल्डन खेलिरहेका ओटे विश्व बरियताको १५१ औँ स्थानमा छन् । ३४ वर्षीय मुरेले ओटेलाई ६–, ४–६, ४–६, ६–४ र ६–२ को सेटमा पराजित गरे । चोटका कारण सन् २०१९ मा सन्यास लिनुपर्ने अवस्थामा पुगेका मुरे शल्यक्रियापछि खेलमा फर्किएका हुन् ।



    दुई पटकका विजेता मुरेले पहिलो चरणमा २४ औँ बरियताका जर्जियन खेलाडी निकोलोज बासिलाश्भीलीलाई पराजित गरेका थिए ।

    तेस्रो चरणमा मुरेले १० औँ बरियताका क्यानेडियन खेलाडी डेनिस शापोभालोभसित शुक्रबार खेल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार