Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डेंगु संक्रमित पत्रकारलाई मेदान्त र पुलिस अस्पताल लगिने

    डेंगु संक्रमित पत्रकारलाई मेदान्त र पुलिस अस्पताल लगिने

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 651
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था मिलाएको छ ।

    काठमाडौँमा डेंगुका बिरामी बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि महासंघले आफ्ना सदस्यहरुको उपचारका लागि विशेष पहल गरेको हो ।



    महासंघले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारको व्यवस्था मिलाएको जानकारी गराएको छ । त्यस्तै, महाराजगञ्जकै मेदान्त पोलिक्लिनिकमा निःशुल्क परीक्षण गर्न सकिने पनि सूचनामा भनिएको छ ।



    ‘परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको पत्रकार परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिनेछ,’ महासंघले भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार