Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुनको सिक्री लुटेको आरोपमा चितवनबाट एकजना पक्राउ

    सुनको सिक्री लुटेको आरोपमा चितवनबाट एकजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 801
    SHARES

    चितवन । चितवन प्रहरीले सुनको सिक्री चोरी तथा लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २३ घर भई हाल सृजनाटोल बस्ने ४३ वर्षीय झलक जैसी रहेका छन् ।

    उनले भदौ २३ गते बिहान ८ बजे भरतपुर महानगर ४ लंकुस्थित सडकमा ७० वर्षीया खगेश्वरी भुषालले लगाएको सुनको सिक्री स्कुटरमा आएर चोरी तथा डाँका गरेका थिए ।



    उनलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा असोज १ गते पक्राउ गरेको हो ।



    उनको साथबाट सुनको सिक्री, घटना घटाउँदा प्रयोग गरेको ना ४३ प ७४८५ नक्बरको स्कुटर पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीमाथि जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार