Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • जापानले नेपाललाई दियो १६ अर्ब अनुदान

    जापानले नेपाललाई दियो १६ अर्ब अनुदान

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 765
    SHARES

    काठमाडौँ । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ ।

    यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ ।



    वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत ब्याजदर रहेको सो सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुनेछ ।



    नेपालकोतर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथा जापानकोतर्फबाट नेपालस्थित राजदूत किकुता युताका र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले आज अर्थ मन्त्रालयमा अनुदान तथा ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार