Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डेंगुका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो, एकैदिन ४ जनाको मृत्यु

    डेंगुका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो, एकैदिन ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 906
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशभर फैलिएको डेंगुका कारण एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो ।

    यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ ।



    मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ ।



    त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए ।

    सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार