Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सर्लाहीमा सहकारीका प्रमुखमाथि गोली प्रहार गरी लुटपाट

    सर्लाहीमा सहकारीका प्रमुखमाथि गोली प्रहार गरी लुटपाट

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 828
    SHARES

    सर्लाही । सर्लाहीमा लुटपाट गर्न आएका लुटेरा समूहले सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार गरेका छन्।

    सर्लाहीको बागमती नगरपालिका-१, मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि लुटेरा समूहले गोली प्रहार गरेका हुन् ।



    गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन्।



    लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा एकिन भइनसकेको प्रहरीले जनाएको छ ।

    तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाईते कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको छ।

    लुटेरा समूहले बिहान कार्यालय खोल्नेबित्तिकै कार्कीमाथि आक्रमण गरेर लुटपाट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार