Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दाताबाट निकालेको मिर्गौला डाक्टरले म्याच नगरेको भनेपछि…

    दाताबाट निकालेको मिर्गौला डाक्टरले म्याच नगरेको भनेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण गर्ने बेला डाक्टरले म्याच नगर्ने भनेपछि वीर अस्पतालमा एक बिरामीका आफन्त आक्रोशित बनेका छन् ।

    अस्पतालका प्रत्यारोपण सर्जन डा.पारसमणि नेपाल र डा.अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला म्याच नगर्ने भनेपछि वीर अस्पतालमा एक बिरामी तथा आफन्त आक्रोशित बनेका हुन् ।



    मंगलबार धादिङकी ३५ वर्षीया चमेली गैरेमा मिर्गौला प्रत्यारोपण गर्न एक ५८ वर्षीया गैरेकी सासू जुठी सार्कीको मिर्गौला निकालेका थिए ।



    निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै नेपाल र श्रेष्ठ बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका हुन् ।

    यस घटनापछि बिरामीका आफन्त आन्दोलित भएका छन् । घटनापछि अस्पतालका सिनियर सर्जन डा।प्रवीण श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार