Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चिनियाँ उपमन्त्री ली पाँच दिने भ्रमणका लागि काठमाडौंमा

    चिनियाँ उपमन्त्री ली पाँच दिने भ्रमणका लागि काठमाडौंमा

    अनलाइन नेपाल
  • शनिबार, २६ कार्तिक २०७९
  • 660
    SHARES

    काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन काठमाडौं आइपुगेका छन् ।

    चीनका राष्ट्रिय सांस्कृति सम्पदा प्रशासनका निर्देशकसमेत रहेका उपमन्त्री ली पाँच दिने भ्रमणका लागि शुक्रबार बेलुकी काठमाडौं आइपुगेका हुन् ।



    अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनबाट राष्ट्रपति सी चिनफिङ थप ५ वर्षका लागि दोहोरिएपछि बेइजिङबाट भएको यो पहिलो औपचारिक भ्रमण हो ।



    चिनियाँ सञ्चारमाध्यमका अनुसार उपमन्त्री ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्न आएका हुन् ।

    परराष्ट्र र संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले दूतावासलाई उपमन्त्री लीको भ्रमण चुनावपछि गराउन सुझाव दिए पनि चिनियाँ पक्षले भ्रमण सांस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने भन्दै मिति तय गरेको थियो ।

    २०७२ को भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार