Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेप्से दोहोरो अङ्कले घट्यो, साढे ७७ करोड ४९ लाखको कारोबार

    नेप्से दोहोरो अङ्कले घट्यो, साढे ७७ करोड ४९ लाखको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 597
    SHARES

    काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच दिनको कारोबारमा बजार लगातार घटिरहेको छ ।

    शेयर बजार परिसूचक नेप्से आज (आइतवार) १० दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा झरेको छ । होटल समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।



    आज दुई सय २५ वटा कम्पनीकाे २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।



    आज नबिल ब्यालेन्स फन्ड–२ र निर्धन उत्थान लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको शेयर झण्डै सात प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार