Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रवि लामिछानेलाई इंगित गर्दै ओलीले भने- ४ मंसिरसम्म कुदिरहन्छन्, किन गाडीमा ढुंगा हान्नू

    रवि लामिछानेलाई इंगित गर्दै ओलीले भने- ४ मंसिरसम्म कुदिरहन्छन्, किन गाडीमा ढुंगा हान्नू

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 693
    SHARES

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिंडेको गाडीमा ढुंगा हानेकोमा आपत्ति जनाउँदै तीखाे शब्दवाण प्रहार गरेका छन् ।

    सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।



    उनले रवि लामिछानेप्रति इंगित गर्दै एउटा युवा राजनीतिमा आए त के बिगारे भन्दै घन्टी पनि बजाउन नपाउनू भन्दै व्यंग्य गरे । ‘कुनै दमाहा बजाएको होइन, नरसिंहा बजाएको होइन, एउटा घन्टी पनि बजाउन नपाउनू,’ उनले भने, ‘४ मंसिरसम्म कुदिरहन्छन् । कुद्न दिउँ न । किन गाडीमा ढुंगा हान्नु पर्यो ?’



    आफ्नो सरकारको पालामा विकासैविकास भएको, अहिलेको सरकारले सबै विकास आयोजनाको बजेट काटेको भन्दै आपत्ति समेत जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार