Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • द भ्वाइसमा पारिजिताको दमदार प्रस्तुति, चारै कोचले उभिएर गरे स्वागत

    द भ्वाइसमा पारिजिताको दमदार प्रस्तुति, चारै कोचले उभिएर गरे स्वागत

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 708
    SHARES

    काठमाडौं । अमेरिकी द भोइसमा परिजिता बाँस्तोलाले भावुक गीत प्रस्तुत गरेपछि चारै प्रशिक्षकले उभिएर स्वागत गरेका छन् ।​

    भोइससको २२ औ संस्करणमा सोमबार, नोभेम्बर १४ का दिन राती ८ बजे सुरु भएको १६ प्रतिस्पर्धीमध्ये १७ वर्षीया पारिजिता बाँस्तोलाको प्रस्तुती टोलीमध्येकै सर्वोत्कृष्ट भएको छ ।



    एक पछि अर्को चरणमा पुग्दै गरेकी परिजिता शीर्ष १६ मा परेकी छिन भने आज बिहान ७ बजे सम्म प्राप्त गरेको मतबाट मंगलबार राति सम्म शीर्ष १३ मा पुग्ने वा नपुग्ने फैसला हुनेछ ।



    उनले सुरुदेखि नै नेपाली पोशाक मै आफ्नो प्रस्तुति गर्दै आएकी छिन भने आज पनि चौथो पटक पनि उनले नेपाली पोशाक मै प्रस्तुति दिएकी छन् ।

    परिजिताले भाबुक गीत छनौट गरि अद्वितीय प्रस्तुति गरेकी छन् । परिजिताको भाबुक गीतको प्रदर्शनले प्रशिक्षकहरूबाट उत्तिकै प्रशंसा पाएको छ ।

    पारिजिताले ए स्टार इज बोर्नको लेडी गागाको “आई विल नेवर लभ अगेन” को भावनात्मक प्रस्तुतिमा चारै प्रशिक्षकहरूबाट पहिलो स्ट्यान्डिङ ओभेशन पाएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार