Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बाजुराको त्रिवेणीलाई शान्तिपूर्ण अवस्थामा ल्याउन गृहमन्त्री खाँणको निर्देशन

    बाजुराको त्रिवेणीलाई शान्तिपूर्ण अवस्थामा ल्याउन गृहमन्त्री खाँणको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 705
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विवाद र झडप हुँदा दुई जनाको मृत्यु भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह मन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    त्रिवेणी नगरपालिका–७ मा आइतबार झडप हुँदा दुई जनाको मृत्यु र ३ जना घाइते भएका थिए ।



    गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रतप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई असहज परिस्थितिलाई सामान्यीकरण गरी शान्तिपूर्ण अवस्थामा फर्काउने वातावरण बनाउन निर्देशन दिएका हुन् ।



    त्रिवेणी-७ मा नाटेश्वर मतदान केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अएडीको मृत्यु भएको थियो।

    सोही विषयलाई लिएर कांग्रेस कार्यकर्ताहरुले आइतबार राति एमालेका विद्यार्थी नेता चेतन अएडीको घरमै गएर कुटपिट गरेका थिए।

    उपचारका क्रममा उनको अछामको बयलपाटा अस्पतालमा आज मृत्यु भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार