Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘विना ढेउवा भिसा’ प्रकरण : म्यानपावर ब्यवसायी राईले आरजु र नेपाललाई विवादमा ल्याए

    ‘विना ढेउवा भिसा’ प्रकरण : म्यानपावर ब्यवसायी राईले आरजु र नेपाललाई विवादमा ल्याए

    गगन हराउने खेलमा राईको सक्रियता

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 2K
    SHARES

    काठमाडौं । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सम्मुखमा फ्री भिसामा मलेसियालगायतका देशमा रोजगारीमा पठाउने भाषणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विवादमा परे ।

    सामाजिक संजालमा उनको भाषण ट्रोल बन्यो । गठबन्धनलाई बदनाम गर्न उक्त भाषणलाई एमालेले भाइरल बनायो । स्वदेशमै रोजगारी सृजना गर्ने कुरालाई प्राथमिकता दिनुपर्नेमा विना पैसा फ्री भिसामा विदेश पठाउने कुरा बोल्दा नेपाल विवादमा परे ।



    प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणाले ३० वैशाख ०७९ मा डडेल्धुरा पुगेर कांग्रेसलाई भोट दिने युवाहरूलाई फ्री भिसा फ्री टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रबन्ध मिलाउने आश्वासन दिइन् ।



    स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई भोट माग्दै भनिन्–‘एकजनाले मलाई केही कोटाको व्यवस्था गरिदिनुभएको छ ।’

    आरजुलाई त्यो कोटाको ब्यवस्था गर्ने अरु कोही नभएर बैदेशिक रोजगार बोर्डका सदस्य तथा इन्टरनेशनल मेनपावर रिक्युमेन्टका सञ्चालक वाईबी राई हुन् ।

    उनकै सल्लाहमा माधव नेपालले मधेश प्रदेशमा गएर विना पैसा भिसामा विदेश पठाउने भन्दा उनी पनि विवादमा परे । ३ कात्तिक २०७९ मा रौतहटको कार्यक्रममा अध्यक्ष नेपालले चुनावी सभालाई सम्बोधन गर्दा विना ढेउवाके फ्री भिसामा रोजगारमा विदेश पठाउने भाषण गरेका थिए ।

    ‘फ्री का मतलब विना ढेउवा के । विना ढेउवा के भिसा मिल्ते हो, टिकट मिल्ते हो, काठमाडौंमे तालिम मिल्ते हो’ भनी अभिव्यक्ति दिएका थिए ।

    आफूले चुनाव जिते फ्री भिसा र फ्री टिकटमा बैदेसिक रोजगारीमा पठाइदिने प्रलोभनसहितको यो अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनै राईको आश्वासनपछि माधव नेपालले पनि रौतहट पुगेर भनेका हुन् ।

    आरजु र माधव नेपाल दुवैलाई फ्री भिसामा विदेशमा कामदार पठाइदिन्छु भनेर यस्तो भाषण गर्न लगाउने म्यानपावर ब्यवसायी राई नै हुन् । उनी नेकपा समाजवादीका अध्यक्ष माधव नेपालको सिफारिसमा बैदेशिक रोजगार बोर्डको सदस्य नियुक्त भएका हुन् ।

    आरजुले आश्वासन मात्रै होइन स्थानीय तहको निर्वाचनपछि करिब ४ सय युवालाई मलेसिया पठाइदिइन् । त्यसरी कोटाको व्यवस्था गरिदिने म्यानपावर मालिक पनि राई नै हुन् । आरजुलाई खुसी पार्न कामदार छान्न राई आफैं कैलाली र डडेल्धुरा पुगेका थिए ।

    पछि २३ असोजमा प्रधानमन्त्री देउवाको मनोनयनका लागि डडेल्धुरा पुगेकी आरजुले फेरि उही कुरा भनिन् । ‘युवाको रोजगारीमा अस्ति पनि ४ सयभन्दा बढी फ्रि–भिसा, टिकटमा पठायौं, यस्तो स्किम यहाँ फेरि पनि कसरी ल्याउने भन्ने पहल गर्छौं,’ देउवाको उम्मेदवारी दर्ता गरेपछि उनले थप योजना पनि सुनाइन् ।

    नयाँ वानेश्वरस्थित होटल अर्यालका सञ्चालक समेत रहेका राई नेकपा (एस) निकट म्यानपावर व्यवसायीका नेता हुन् । उनी किसन श्रेष्ठ श्रम मन्त्री भएको बेला वैदेशिक रोजगार बोर्डको विज्ञका रुपमा नियुक्त भएका थिए ।

    नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व. सुशील कोइरालाको सरकारले २०७२ सालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा फ्री टिकट लागु गरेको थियो । फ्री भिसा फ्री टिकट टिकट अनिवार्य व्यवस्था नै हो ।

    तर उनै राईको योजना र सल्लाहमा नेताहरुले भने फ्री भिसा फ्री टिकटलाई आश्वासन दिने काम गरे । जसका कारण नेताहरु विवादमा परे । एमालेले उक्त अभिब्यक्तिको भिडियो ब्यापक बनायो ।

    धन्दा अनेक

    राई निरन्तर सत्ताको आडमा रहेर धन्दा चलाउने व्यवसायी हुन् । नेकपा (एस)का नेता भएपनि कांग्रेसका नेताहरुसँग पनि उनको सम्बन्ध छ ।

    त्यही सम्बन्धको आडमा उनले प्रहरीमा सरुवा बढुवादेखि वैदेशिक रोजगार विभागको महानिर्देशकदेखि कर्मचारीसम्म पनि छानीछानी लैजाने गरेका छन् । वर्तमान महानिर्देशक उमाकान्त आचार्य पनि आफूले नै लगेको बताउँदै आएका छन् ।

    पछिल्लो पटक गृहमन्त्री बालकृष्ण खाँण भएपछि उनले प्रहरीको सरुवा बढुवामा पनि चलखेल गर्ने गरेका छन् । सरुवा बढुवाको समयमा प्रहरीहरु उनको लाइन लाग्ने गरेको बताइन्छ ।

    नेता तथा विभागका कर्मचारीहरुलाई फ्री भिसा फ्री टिकट मिलाई दिएर सर्वसाधारणदेखि भने मोटो रकम उनले उठाउँदै आएका छन् ।

    ‘ फ्री भिसा फ्री टिकट’ मा आएका डिमान्डमा समेत एकजनादेखि ७० हजारदेखि २ लाखसम्म असुल्ने गरेका छन्, उनले । उनले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी भए पनि कुनै सुनुवाई नगरिएको पीडितहरुको भनाइ छ ।

    शक्तिकेन्द्रको आशीर्वादका कारण उनको उजुुरीमा विभागले एक्सन लिन सकेको छैन । त्यस्तै उनले आफ्नो आफन्तको नाममा पारामाउन्ट ओभरसिज नामक अर्को म्यानपावर कम्पनी चलाएका छन् । त्यहाँबाट चाहिँ कामदारबाट चर्को रकम लिएर विदेश पठाइदिने गरेका छन् ।

    गगन हराउने खेलमा राईको सक्रियता

    राई एमाले विभाजनअघि सो पार्टीनिकट म्यानपावर व्यवसायीका नेता थिए । उनकै होटल अर्यालमा माधव नेपालको सम्पर्क कार्यालय राखिएको छ ।

    अध्यक्ष नेपालको आर्थिक पाटो हेर्दै आएका राईको अर्बपति व्यवसायी हुन् । उनको आर्जन भने वैदेशिक रोजगारीमा ठगी धन्दा नै हो । उनै राईलाई अहिले सबैभन्दा बढी चुनाव लागेको छ ।

    कुनै बेला एमालेको नेता रहेका राईले पछिल्लो समयमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र अध्यक्ष नेपालको शक्तिको आडमा पैसा कमाएका छन् ।

    एमाले नेतासँग प्रतिस्पर्धा गरिरहेका गठबन्धनका बिभिन्न नेताहरुलाई चन्दा उठाउने अभियानमा लागेका थिए ।

    स्रोतका अनुसार एमालेका नेता तथा झापा क्षेत्र नं.४ का प्रतिनिधिसभाका उम्मेदवार एल पी साँवा लिम्बु, एमाले सचिव तथा गुल्मी क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोकर्ण विष्ट, एमाले वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेल र एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराईलाई हराउने भन्दै उनको नेतृत्वमा चन्दा संकलन गरिएको थियो ।

    काठमाडौं क्षेत्र नं.४ मा भने राई कांग्रेसका महामन्त्री गगन थापाको विरुद्धमा लागेका थिए । आरजुको धन्दामा सहभागी राईले आरजुकै निर्देशन भन्दै गगन हराउ अभियानमा लागेका थिए ।

    स्रोतका अनुसार त्यसमा नेकपा (माओवादी केन्द्र)का नेता जर्नाद्धन शर्मा समूह पनि मिसिएका थिए । गगन थापाले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा मत मागेको आरजुलाई मन नपरेको र त्यही भएर उनलाई हराउने अभियान सुषुप्तरुपमा चालिएको थियो ।

    मुखर रुपमा गगन हराऊ अभियान चलाउँदा भेद खुल्ने भएकाले सुषुप्त रुपमा चालिएको थियो । गगन थापाले प्रधानमन्त्रीका लागि संसदीय दलमा उम्मेदवारी दिने भनेर लगातार चुनावी कार्यक्रममा भनेपछि आरजुकै योजनामा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिरोध गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार