Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिभुवन जन माविका तत्कालीन प्रधानाध्यापकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    त्रिभुवन जन माविका तत्कालीन प्रधानाध्यापकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 630
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका-२, लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित ६ जनाले सरकारी सम्पत्तिमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    बिद्यालयको प्रयोगशाला भवन, पुस्तकालय र बहुउद्देश्यीय हल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।



    विद्यालयका तत्कालीन प्रधानाध्यापक माधव विक्रम जिसी, शारदा नगरपालिकाका इन्जिनियर तुफान जि जङ्ग केसी,सब-इन्जिनियर सरस्वती थापा,



    भवन निर्माण अनुगमन समितिका सदस्य तथा शारदा नगरपालिका-२ का तत्कालीन वडाध्यक्ष केशव सिंह श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका

    अध्यक्ष नवराज शर्मा र तत्कालीन विद्यालय व्यवस्थापन समितिका सदस्य रिमलाल भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरूविरुद्ध त्रिभुवन जन माविको भवन निर्माण गर्दा टेण्डर आवह्वान नगरी कानूनी प्रक्रिया नपुर्या ई रकम अनियमितता गरेको भन्ने उजुरी परेको थियो ।

    सोही उजुरीको अनुसन्धान गर्दा विद्यालयको बहुतल्ले भवन (प्रयोगशाला, पुस्तकालय र बहुउद्देश्यीय हल) निर्माण योजनामा नापी किताब,

    भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाएको अनुसन्धानबाट खुलेको छ ।

    भवन निर्माण गर्दा फिल्डमा भएको भन्दा धेरै काम देखाएर ८७ लाख ३ हजार भ्रष्टाचार भएको आयोगको ठहर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार