Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु

    रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 711
    SHARES

    रौतहट । रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा आगलागी हुँदा बुधबार राति उनीहरुको मृत्यु भएको हो ।

    गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ ।



    आगलागीमा गम्भीर घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।



    आगलागीमा परी इस्लामका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन भाइते भएका छन् । घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ ।

    पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ । आगलगीमा मृत्यु भएकाको शव गौर अस्पतालमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार