Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर २९८ पुग्यो

    देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर २९८ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 942
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो केही समययता कोरोना संक्रमण घट्दै गएको छ।

    पछिल्लो समय थपिनेको संख्याभन्दा निको हुनेको संख्या बढी छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५२६ नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६१ र एन्टिजेनबाट ३६५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।



    मन्त्रालयका अनुसार थप २९ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २९८ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार