Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • किशोर नेपाललाई सामाजिक सञ्जालबाट वञ्चित गरिएकोमा महासंघको आपत्ति

    किशोर नेपाललाई सामाजिक सञ्जालबाट वञ्चित गरिएकोमा महासंघको आपत्ति

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 744
    SHARES

    काठमाडाैं । नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    महासंघका महासचिव रोशन पुरीले बुधबार विज्ञप्ति जारी गर्दै पत्रकार नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।



    ‘यसबारे प्रहरीको साइबर ब्युरोलगायतमा लिखित जानकारी गराउँदा पनि समाधानमा तदारुकता नदेखाउनु अत्यन्त दुःखद् पक्ष हो’, महासंघका महासचिव रोशन पुरीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।



    महासंघले विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आएका पत्रकार नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट बञ्चित गराउने अभिप्रायले भएको यो हर्कत अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार रहेको जनाएको छ ।

    ‘महासंघ घटनाको छानबिन गरी अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्‍याउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार