Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ७ करोड घोटालामा मुछिए स्वास्थ्य सचिव पोखरेल, अख्तियार मौन

    ७ करोड घोटालामा मुछिए स्वास्थ्य सचिव पोखरेल, अख्तियार मौन

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलकै सेटिङमा स्वास्थ्य सामाग्री खरिदमा घोटाला भएको छ । स्वास्थ्य सचिव पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, पूर्व निर्देशक डा. रुद्र मरासिनी, हालका निर्देशक डा. सर्वेस शर्मा, आपूर्ति महाशाखा प्रमुख डा.सुरेन्द्र चौरसियाको मिलमेतोमा ठेकेदारसँग सेटिङ गरी खरिदमा घोटाला हुने गरेको हो ।

    लुम्बिनी हेल्थ केयरका सञ्चालक पोष्टराज ज्ञवाली, विशाल पण्डितलगायतका ठेकेदारहरुको समूहसँग सचिव पोखरेलले ठूलो आर्थिक लाभ लिएर एकलौटी रुपमा अल्ट्रासाउन्डदेखि अन्य मेडिकल उपकरणहरु खरिदको जिम्मा दिएका हुन् । जुन प्रकरणमा केही ठेकेदारहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।



    यतिसम्मकी स्पेशिफिकेसनमा उल्लेख भए भन्दा फरक मोडलको सामान खरिद गरी रातारात भुक्तानीसमेत दिइएको स्रोतले बताएको छ । आपूर्ति महाशाखाले हालै एक सय ७८ वटा अल्ट्रासाउन्ड खरिद गर्दा पोष्टराज ज्ञवालीको समूहले एकलौटी रुपमा ठेक्का पाएपछि सचिव पोखरेल र विभागको मिलेमतो रहेको खुलेको हो । लुम्बिनी हेल्थ केयरका सञ्चालक ज्ञवालीसँग सेटिङका आधारमा करिब ३० करोड बराबरको अल्ट्रासाउन्ड खरिद गर्दा करिब आठ करोड रुपैयाँ कमिसन बाँडफाँड भएको स्रोतको दावी छ ।



    स्रोतका अनुसार सचिव पोखरेलले आपूर्ति महाशाखाका प्रमुख डा.सुरेन्द्र चौरसियालाई ज्ञवालीमार्फत अल्ट्रासाउण्ड खरिद गर्न निर्देशन दिएका थिए । ज्ञवालीले विभागका महानिर्देशक डा. सिंहलाई छुट्टै कमिसन मिलाएको समेत खुलेको छ ।

    सार्वजनिक खरिद नियमावलीविपरीत एउटा मोडलको अल्टा साउन्डको सम्झौता गरेर अर्काे आपूर्ति गरिएको प्रकरणलाई लिएर केही ठेकेदारले अख्तियारमा उजुरी दिएका हुन् । ज्ञवालीले अख्तियारका प्रमुख आयुक्त र केही आयुक्तहरुलाई आफूले सेटिङ मिलाइसकेको भन्दै भुक्तानी गर्दा समस्या नपर्ने भन्दै सचिव पोखरेललाई कन्भिन्स गराएपछि अवैध खरिदको भुक्तानी भइसकेको मन्त्रालय स्रोतको दावी छ ।

    त्यसो त सार्वजनिक खरिद कार्यालय र अख्तियारको छानविनबाट जोगिन थोरै स्पेशिफिकेसन संशोधन गरिएको थियो । जसले गर्दा लुम्बिनी हेल्थकेयरलाई ठेक्का दिलाउन सहज भएको थियो । चुनावको मुखमा उच्च स्तरको सेटिङ गराई भुक्तानी समेत दिएर यसरी मिलेमतोमा ठूलो आर्थिक घोटाला भएको छ । जुन खेलमा सचिव पोखरेल नै एक विचौलियाबाट परिचालित भएका थिए ।

    त्यसैगरी मेडिकल उपकरण मर्मतको ठेक्कामा पनि सचिव पोखरेलले विवादित ठेकेदार विशाल पण्डितसँग सेटिङ गरेका छन् । देशभरका सरकारी अस्पतालका मेडिकल उपकरणहरुको ठेक्का हत्याउनेदेखि मर्मत सम्भारको काम सेटिङकै भरमा वर्षौंदेखि उनै पण्डितले हात पार्दै आइरहेका छन् । अहिले स्वास्थ्य मन्त्रालयमा पण्डितकै शैलीमा ज्ञवाली प्रवेश गरी आवश्यक नै नभएका मेडिकल उपकरणहरु खरिद गर्न लगाई ठूलो कमिसन हत्याइरहेका छन् ।

    अल्ट्रासाउण्ड खरिदमा भएको घोटालाका बारेमा सचिव पोखरेलसँग प्रतिकृया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

    त्यसो त ज्ञवाली र पण्डितले आफू अनुकुल स्वास्थ्य सामाग्री खरिद गर्न आपूर्ति शाखाको प्रमुख नै आफूअनुकूलका पात्रलाई लैजाने गरेका छन् । डा. सुरेन्द्र चौरसियालाई पनि उनीहरुले नै आर्थिक चलखेल गरी आपूर्ति महाशाखाको प्रमुख बनाएका हुन् । चौरसियाले यो अवधिमाम करिब १५ अर्बभन्दा बढीको औषधि र उपकरण खरिदको प्रक्रिया पूरा गरी ठेकेदाहरुलाई खुसी पारिसकेका छन् ।

    पोष्टराज ज्ञवालीको लुम्बिनी हेल्थ केयर र विशाल पण्डितको हस्पिटेक इन्टरप्राइजेजलाई औषधि र उपकरणको ८० प्रतिशत ठेक्का दिलाउन चौरसिया सफल भइसकेका छन् । चौरसियाले आपूर्ति शाखामा सरुवा भएपछि कमिसनको दररेट निर्धारण गरी काम गर्दै आइरहेका छन् । प्रतिस्पर्धा गरी टेण्डर पारेका खरिदकर्ताहरुलाई चौरसियाको दररेट बुझाउन अतिरिक्त ५ प्रतिशत छुट्टै छुट्याउनुपर्ने बाध्यता छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार