Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • शेयर बजार २४ अङ्कले घटेर राताम्मे, डेढ अर्बको सेयर खरिदबिक्री

    शेयर बजार २४ अङ्कले घटेर राताम्मे, डेढ अर्बको सेयर खरिदबिक्री

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

    शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ विन्दुमा झरेको छ ।



    आज नेपाल स्टक एक्सचेन्जमा डेढ अर्ब बढीको सेयर किनबेच भएको छ।



    नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार २४० कम्पनीको १ अर्ब ६७ करोड बढीको सेयर कारोबार भएको हो।

    सोमबार २६ हजार ४ सय ७५ पटकको कारोबारमा ४१ लाख कित्ता सेयर बिक्री भएको हो। योसँगै सोमबार १४ कम्पनीको मात्रै सेयर बढेको छ भने १८१ कम्पनीको घटेको छ।

    आज लगानीकर्ताले ३.१२ प्रतिशतसम्म कमाएका छन् भने ७.३७ प्रतिशतसम्म गुमाएका छन्।

    रिडी पावरको ३० करोडको र शिवम् सिमेन्टको २० करोडको सर्वाधिक सेयर किनबेच भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार