Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल

    नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 354
    SHARES

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेलले पाएका छन् ।

    अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।



    वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख बराललाई भने मन्त्रालयले फिर्ता बोलाएको छ ।



    बरालले गत असार ३ गतेदेखि नेप्सेको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।

    पौडेल यसभन्दा पहिले धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर काम गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार