Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • जबराको महाभियोग फुकुवाविरुद्धको रिटमा आज सुनुवाइ, सर्वोच्चको गेटमा बारको धर्ना

    जबराको महाभियोग फुकुवाविरुद्धको रिटमा आज सुनुवाइ, सर्वोच्चको गेटमा बारको धर्ना

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ हुँदैछ ।

    जबराका साथै संघीय संसद् सचिवालय र संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका ९ पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो ।



    क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय बनाएकाले गौतमको पत्र कार्यान्वयन नगर्न–नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ ।



    रिटमा महासचिव गौतमले ‘प्रतिनिधिसभाको क्षेत्राधिकारमा अनुचित बन्देज तथा हस्तक्षेप’ गरेकाले यो कार्य गैरकानुनी रहेको दाबी गरिएको छ । बारले शुक्रबार पनि सर्वोच्चमा जबराको प्रवेशलाई छेक्न धर्ना दिँदै छ। बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार