Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चलचित्र विकास बोर्ड अध्यक्ष केसीले भने – फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न पाइँदैन

    चलचित्र विकास बोर्ड अध्यक्ष केसीले भने – फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न पाइँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचार आएपछि चलचित्र विकास बोर्डले सचेत गराएको छ ।

    बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही गरिने चेतावनी दिएका हुन् ।



    विज्ञप्तिमा भनिएको छ,‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र



    प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ ।’

    बोर्डले नियमको पालना नगरे कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिंदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई समेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार